जितपुरमा सहयाेगी हात नेपाल द्वारा नि: शुल्क भाेजन सुचारु

जितपुरमा सहयाेगी हात नेपाल द्वारा नि: शुल्क भाेजन सुचारु ।

मनाेज शाह जितपुर बारा बैशाख १ गते


सामाजिक क्षेत्रमा कार्य गर्दै आएको संस्था सहयोगी हात नेपालद्वारा आज जीतपुरमा नि: शुल्क भाेजन सुचारु गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको सामाजिक संस्था सहयाेगी हात नेपालले गरिब असहायलाई भाेजन खुवाएकाे छ । यस संस्थाले हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म नि:शुल्क भाेजन खुवाउने कार्यको आजदेखि प्रारम्भ गरेको छ । नयाँ सालदेखि राम्रो कामको सुरुवात गर्ने उद्देश्यले याे याेजना सुरु गरेको सहयोगी हात नेपालका सदस्य चन्द्रशेवर पासवानले बताए ।

सहयाेगी हात नेपालका अध्यक्ष देवान्न साहको सभापतित्वमा कार्यक्रम भएको हाे । सहयाेगी हात नेपालले भाेजन सुचारु गरेको कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देबनारायण चाैधरी रहनु भएको थियोे । अहिलेसम्म जीतपुरमा कसैले नगरेको उदाहरणीय कार्य सहयोगी हात नेपाल नामक सामाजिक संस्थाले गरेको हुनाले संस्थाका सम्पूर्ण सदस्यहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । गरिब असहायलाई भाेजन खुवाउने कार्य अति उतम र अति सुन्दर रहेको र याे भन्दा राम्रो र पुण्यको काम अरु केही पनि नरहेको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देबनारायण चाैधरीले दाबी गर्नुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भाेला अधिकारी , बिशिस्ट अतिथि जितपुर गाबिस अध्यक्ष कृष्ण व्रत सिंहले अहिलेसम्म कसैले नसाेचेकाे काम यो संस्थाले गरेको बताउनुभयो । युवा नेता राजुराज गिरी , समाजसेवी मनिर अंसारीले समेत आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा माओबादी नेता प्रेम बराल , ठेला संघ जीतपुरका अध्यक्ष महेन्द्र पासवान , महिला नेत्री सेल्मु नेसा , जितपुर युवा क्लबका अध्यक्ष भुनेस पासवान , राष्ट्रिय युवा संघ नेपाल नगर सचिव अयुब अंसारी लगायतको उपस्थिति रहेको थियोे ।


सहयाेगी हात नेपालका संरक्षक मनाेज कुमार साहले कार्यक्रममा मन्तव्य दिँदै हामीलाई जितपुर समाजले धेरै कुरा दिनु भएको छ र त्यसैको फलस्वरूप हामीले यस संस्थाको मार्फत जितपुर समाजलाई याे एउटा काम गरी गुण फर्काएको बताउनुभयो । आजकाे नि:शुल्क भाेजन खुवाउने कार्यक्रममा लगभग दुई सय जनाले भाेजन ग्रहण गरेको संस्थाका सदस्य मनाेज पासवानले बताए । कार्यक्रमकाे सहजीकरण संचारकर्मी एस्. एस्. पटेलले गर्नुभएको थियोे ।