बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा
मनाेज शाह जितपुर बारा बैशाख ३ गते:
बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गए राति बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा बिरगंज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५८,४६,२४१।– ( अन्ठाउन्न लाख छयालीस हजार दुई सय एकचालीस ) बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले स्पर्श खबरलाई बताए ।