बारामा फेरि ब्राउन सुगरसहित युवक पक्राउ, प्रहरी प्रमुख उमेश निरौलाको कमाण्डमा कारबाही
जितपुरमा लागूऔषधविरुद्ध प्रहरीको एक्सन, २६ वर्षीय इमाम देवान नियन्त्रणमा!
स्पर्श खबर जितपुर बारा कार्तिक ६ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित मदरसा टोलबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवक पक्राउ परेका छन्।
प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको दुई प्रहरी टोलीले गए राति करिब ८:२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार देवानको साथबाट बरामद गरिएको ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थलाई प्लास्टिकसहित तौल गर्दा ०.११० ग्राम रहेको बताइएको छ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गरेको उक्त कारबाहीपछि बरामद पदार्थको परीक्षण तथा घटनासम्बन्धी थप अनुसन्धान आवश्यक देखिएको छ।