जनहित उपभोक्ता समितिको सभा हल उद्घाटन, दसैँ–तिहार र छठको शुभकामना आदानप्रदान
स्पर्श खबर जितपुर बारा असाेज २६ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जनहित उपभोक्ता समितिले विजयादशमी, शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदानसँगै नवनिर्मित सभा हलको उद्घाटन गरेको छ।

मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले चाडपर्वलाई उल्लासका साथ मनाउँदै समाजमा आपसी सद्भाव, एकता र भाइचारा कायम राख्नुपर्ने बताए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, पर्सा राष्ट्रिय निकुञ्जका नवनियुक्त वार्डेन डा. अशोककुमार राम, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल तथा जीतपुरसिमरा–६ का वडाध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए।सभा हल निर्माणमा सहयोग पुर्याउने विभिन्न वडाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले क्यामोदिन अन्सारी, माया विक र बुद्धकुमारीलगायतलाई सम्मान गरेका थिए। पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन डा. अशाेक कुमार रामलाई पनि सम्मान गरिएको थियो।
जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।