स्पर्श खबरको समाचारपछि प्रहरी एक्सनमा, दुधौरा खोलाबाट ५ वटा ट्याक्टर नियन्त्रणमा
मनाेज शाह जितपुर बारा असाेज २६ गते :
जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा अवैध रूपमा बालुवा उत्खनन भइरहेको विषयमा स्पर्श खबरले समाचार प्रसारण गरेपछि बारा प्रहरी एक्सनमा आएको छ।

प्रहरीले खोलाबाट बालुवा लोड तथा उत्खनन भइरहेको अवस्थामा पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे स्पर्श खबरले दुधौरा खोलामा ट्याक्टर र जेसीबी प्रयोग गरी खुलेआम बालुवा उत्खनन भइरहेको विषयमा समाचार प्रसारण गरेको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको गस्ती टोलीले दिउँसो करिब ४ बजे खोलामा बालुवा लोड गरिरहेको अवस्थामा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरमध्ये ना.५ त ७५ नम्बरको ट्याक्टरमा बालुवा लोड गरिएको थियो भने ना.स. त ०२ र ना.३ त ६४७८ नम्बरका ट्याक्टर, म प्र २-३-००१ त ५४९६ ,म प्र ०३-००१ त ७९२७ ट्याक्टर जे सि बि बकेट जडान गरेको डब्बा नभएको खाली अवस्थामा फेला परेका थिए।

नियन्त्रणमा लिइएका पाँचवटै ट्याक्टर र चालक अहिले इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको जनाइएको छ।समाचार प्रसारणपछि प्रहरीको सक्रियता
दुधौरा खोलामा दिनदहाडै ट्याक्टर र जेसीबी प्रयोग गरी बालुवा उत्खनन भइरहेको दृश्य सार्वजनिक भएपछि प्रहरीले कारबाही अघि बढाएको हो। खोलामा कसको निर्देशनमा र कुन आधारमा उत्खनन भइरहेको थियो भन्ने विषयमा समेत छानबिन आवश्यक देखिएको छ।

नदीजन्य पदार्थको अवैध उत्खननले वातावरण, नदीको प्राकृतिक बहाव र आसपासका बस्तीमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै सम्बन्धित निकायले नियमित अनुगमन र प्रभावकारी कारबाही गर्नुपर्ने स्थानीयस्तरमा चासो बढेको छ।
स्पर्श खबरको खबरदारी : सार्वजनिक सम्पत्तिको दोहन रोक्न र अवैध उत्खनन नियन्त्रण गर्न सम्बन्धित निकायको निरन्तर निगरानी स्थानीय रमेश चाैधरीले बताए । समाचार प्रसारणपछि भएको प्रहरी कारबाहीसँगै अब उत्खननको वैधानिकता र संलग्न पक्षबारे के अनुसन्धान हुन्छ भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ।