सिम्रौनगढमा दुई कटुवा पेस्तोलसहित ५० वर्षीय कुशवाहा पक्राउ
स्पर्श खबर जितपुर बारा असाेज १३ गते
बाराको सिम्रौनगढ नगरपालिका–६, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिम्रौनगढ–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बोर्डर आउट पोस्ट गोलागञ्जबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल, ५ राउन्ड गोली र एक थान मोबाइल बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको जानकारी दिए।
हातमा हतियार, साथमा गोली—सिम्रौनगढमा सशस्त्र प्रहरीको कारबाही, कुशवाहा प्रहरी नियन्त्रणमा