बारा–४ कांग्रेस सभापतिमा दुई पक्ष आमनेसामने, कार्यकर्ता भन्छन्– ‘यो हाम्रो होइन, नेताको लडाइँ हो’

बारा–४ कांग्रेस सभापतिमा दुई पक्ष आमनेसामने, कार्यकर्ता भन्छन्– ‘यो हाम्रो होइन, नेताको लडाइँ हो’
मनाेज शाह जितपुर बारा असाेज १३ गते:

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका लागि लोकेश सिंह र विजय गुप्ता आकांक्षी देखिएपछि दुई पक्षबीचको रस्साकस्सी चर्किएको छ।


क्षेत्रीय सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि दुई दिनदेखि चलेको छलफल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। आन्तरिक स्रोतका अनुसार लोकेश सिंहलाई फर्मुला मन्सुर पक्षले समर्थन गरेको छ भने विजय गुप्ताको पक्षमा कृष्ण भरत सिंह उभिएका छन्।
सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आवाज कार्यकर्ताबाट उठिरहेको भए पनि शीर्ष नेताहरूको आ–आफ्नो पक्षमा अडानका कारण सहमति जुट्न नसकेको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ।
एक कांग्रेस कार्यकर्ताका अनुसार, “यो कार्यकर्ताबीचको लडाइँ होइन, नेताहरूको शक्ति प्रदर्शन हो। हामीलाई दुई पक्षमा विभाजित गरेर विवादमा पार्नु हुँदैन। दुवै पक्ष एक–एक कदम पछाडि हटेर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ।”
लोकेश सिंह र विजय गुप्ताबीचको प्रतिस्पर्धाभन्दा पनि उनीहरूलाई समर्थन गर्ने फर्मुला मन्सुर र कृष्ण भरत सिंह पक्षबीचको राजनीतिक रस्साकस्सीका कारण कार्यकर्तास्तरमा समेत मतभेद र विवाद बढिरहेको चर्चा कांग्रेसभित्र सुनिन थालेको छ।
अब बारा–४ मा कांग्रेस नेतृत्वले सहमतिको बाटो रोज्छ कि चुनावी प्रतिस्पर्धामा जान्छ भन्ने विषयलाई कार्यकर्ता