अर्बौं सम्पत्तिका मालिकले मागे ‘अव्यवस्थित बसोबासी’को सिफारिस, वडा र नगरपालिकाले के गर्लान् ?जितपुरसिमरा–२ मा हिमान्सु गोल्छाको निवेदन, सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सुविधा दिन खोजिएको हो ?

अर्बौं सम्पत्तिका मालिकले मागे ‘अव्यवस्थित बसोबासी’को सिफारिस, वडा र नगरपालिकाले के गर्लान् ?
जितपुरसिमरा–२ मा हिमान्सु गोल्छाको निवेदन, सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सुविधा दिन खोजिएको हो ?
स्पर्श खबर जितपुर बारा असाेज २ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा अर्बौं रुपैयाँको सम्पत्तिका मालिक हिमान्सु गोल्छाले ‘अव्यवस्थित बसोबासी’का रूपमा निवेदन दिएपछि विषयले चर्चा पाएको छ।
ठूलो सम्पत्तिका मालिकले अव्यवस्थित बसोबासीको हैसियतमा निवेदन दिनुपर्ने अवस्था किन आयो ? अब मुख्य प्रश्न यही बनेको छ।गोल्छाले दिएको निवेदनमाथि वडा कार्यालयले के आधारमा सिफारिस गर्छ ? नगरपालिकाले त्यसलाई कसरी अघि बढाउँछ ? यो विषय अब चासोको केन्द्रमा छ।
अर्बौं सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सिफारिस दिन मिल्छ कि मिल्दैन ? यसको जवाफ सम्बन्धित वडा कार्यालय र जितपुरसिमरा उपमहानगरपालिकाले दिनुपर्ने देखिन्छ।
अव्यवस्थित बसोबासीका नाममा वास्तविक भूमिहीन तथा आवासविहीन नागरिकले पाउनुपर्ने सुविधा र अधिकारमा पहुँचवालाको दाबी हाबी हुने अवस्था त आउँदैन ? भन्ने प्रश्नसमेत उठेको छ।अब वडा नम्बर २ का वडाध्यक्ष र नगरपालिकाको निर्णय हेर्न बाँकी छ। गोल्छाको निवेदन कुन आधारमा परेको हो, उनको सम्पत्तिको अवस्था के छ र सिफारिसका लागि कानुनी मापदण्ड पूरा हुन्छ कि हुँदैन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।
अर्बौं सम्पत्तिका मालिकले अव्यवस्थित बसोबासीको निवेदन दिनुपर्ने अवस्था किन आयो ? वडा र नगरपालिकाले के जवाफ दिन्छन् ?
यो विषयमा स्पर्श खबरले थप खोज तथा फलोअप गर्नेछ।