प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण : १५ सदस्यीय टोलीसहित अमेरिका जाने तयारी

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण : १५ सदस्यीय टोलीसहित अमेरिका जाने तयारी
काठमाडौं भदौ २१ गते: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आफ्नो पहिलो विदेश भ्रमणमा अमेरिका जाने तयारीमा छन्।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय गर्ने गरी परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले तयारी अघि बढाएका छन्।
शाह बढीमा तीन दिनको संक्षिप्त भ्रमण गर्ने र महासभालाई सम्बोधन गरेलगत्तै स्वदेश फर्किने तयारीमा छन्।
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी, सुरक्षा तथा शिष्टाचार टोलीसहित करिब १५ सदस्यीय प्रतिनिधिमण्डल अमेरिका जाने तयारी छ।
औपचारिक निर्णय हुन बाँकी रहे पनि नेपालको प्रतिनिधित्वलाई प्रभावकारी र छरितो बनाउने गरी भ्रमणको तयारी तीव्र पारिएको छ।