सांसद रहबर अन्सारीलाई प्रश्न गर्दा पक्राउ? राष्ट्रिय एकता दलको कडा आपत्ति

सांसद रहबर अन्सारीलाई प्रश्न गर्दा पक्राउ? राष्ट्रिय एकता दलको कडा आपत्ति
मनोज साह जितपुर बारा भदौ २१ गते

बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी विरुद्ध सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेको आरोपमा अवधेश मण्डल पक्राउ परेपछि विवाद चर्किएको छ।
भोटेकोसी बाढीमा बेपत्ता आफन्तको खोजी तथा उद्धारका लागि सांसद अन्सारीसँग सहयोग माग्दै आएका मण्डलले अपेक्षित पहल नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेको बताइएको छ।
राष्ट्रिय एकता दलले मण्डलको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल रिहाइको माग गरेको छ।
स्थानीय जितपुरका राजेश दासले प्रश्न उठाएका छन्—“जनताले आफ्नै सांसदसँग प्रश्न गर्न नपाउने? प्रश्न गरेकै आधारमा थुनामा राख्न मिल्छ? भोट दिएर जिताएका जनताले प्रश्न गर्दा जेल जाने हो?”
प्रहरीले भने मण्डल पक्राउ पर्नुको विस्तृत कारण सार्वजनिक गरेको छैन। दलले मण्डललाई तत्काल रिहा नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।