सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी
स्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहासम्म पुगेपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। दुई समूहबीच भएको झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।
आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनापछि स्थानीयमा त्रास फैलिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।


गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यद्यपि, प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा प्रदर्शन तथा तनावपूर्ण गतिविधि जारी रहेको बताइएको छ।
घटनाको थप विवरण संकलन भइरहेको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, शान्ति–सुरक्षा कायम राख्न र कर्फ्यु आदेशको पालना गर्न आग्रह गरेको छ।