बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउ

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउ
स्पर्श खबर जितपुर बारा श्रवण १३ गते:

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीकाे नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ।
आज करिब दिउँसो २ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्टमा खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँचका क्रममा DL 2cas 4888 नम्बरको भारतीय कार रोकी जाँच गर्दा कारको पछाडिको भागमा लुकाइराखिएको ओनेक्स–१०० एमएलका ८० बोतल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।


घटनामा कार चालकलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्ने चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटो स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका व्यक्ति रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।


बरामद गरिएको लागूऔषध, कार तथा पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्राले जनाएको छ।