राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल
स्पर्श खबर जितपुर बारा श्रवण १३ गते:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार रामचन्द्र पौडेल सँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनाको विषय तथा त्यस सम्बन्धमा राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकबारे जानकारी गराउनुभएको जनाइएको छ। भेटमा देशको पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ।