जितपुरमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ शुभारम्भ, एकै ठाउँबाट विविध डिजिटल सेवा उपलब्ध हुने

जितपुरमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ शुभारम्भ, एकै ठाउँबाट विविध डिजिटल सेवा उपलब्ध हुने

स्पर्श खबर जितपुर बारा असार २२ गते:

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय जितपुरको छेउमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार आयोजित एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी निरीक्षक तेज नारायण बैठाले रिबिन काटेर सेवाको उद्घाटन गरेका हुन्।


उद्घाटन समारोहमा स्थानीय व्यापारी, युवा, समाजसेवी, प्रशासनका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा गुणस्तरीय डिजिटल सेवाको आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे।


सञ्चालक कन्हैया गुप्ताका अनुसार कन्हैया डिजिटल भिडियोग्राफीमार्फत आधुनिक भिडियोग्राफी तथा फोटोग्राफी सेवा, पासपोर्ट तथा अन्य फोटो सेवा, विभिन्न प्रकारका निवेदन तथा कागजात लेखन, कम्प्युटर टाइपिङ, प्रिन्टिङ, स्क्यानिङ, फोटोकपी, ल्यामिनेसनलगायतका डिजिटल सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइनेछ।
स्थानीय सेवाग्राहीलाई सहज, छिटो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यका साथ व्यवसाय सञ्चालनमा ल्याइएको सञ्चालक गुप्ताले बताए। उनले आगामी दिनमा सेवाको दायरा अझ विस्तार गर्दै प्रविधिमैत्री र ग्राहकमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे।


स्थानीयवासीले पनि यस्तो सेवा केन्द्र सञ्चालनमा आएपछि सामान्य डिजिटल कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरेका छन्। नयाँ व्यवसायले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै डिजिटल सेवा पहुँच विस्तारमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।