जीतपुरमै फल्यो सेव : नेता कृष्ण भरत सिंहको खुसी

जीतपुरमै फल्यो सेव : नेता कृष्ण भरत सिंहको खुसी

स्पर्श खबर जितपुर बारा बैशाख २७ गते :
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका चिरपरिचित नेता कृष्ण भरत सिंह ले आफ्नै बारीमा सेव फलाउन सफल भएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “जीतपुरको माटोमा पनि मेहनत र लगनशीलताले सेव फलाउन सम्भव रहेछ” भन्दै खुसी व्यक्त गरेका छन्। तराईको गर्मी क्षेत्रमा सेव उत्पादन सफल भएपछि स्थानीय कृषिप्रति समेत नयाँ आशा र उत्साह थपिएको छ।
स्थानीयहरूले यसलाई आधुनिक तथा प्रयोगात्मक कृषितर्फको सकारात्मक सन्देशका रूपमा लिएका छन्।