बर्दिबासमा कांग्रेसको मधेश प्रदेशस्तरीय भेला जेठ ६ र ७ गते
स्पर्श खबर जितपुर बारा २४ गते:
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशस्तरीय भेला आगामी जेठ ६ र ७ गते महोत्तरीको बर्दिबास मा आयोजना गर्ने भएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले सातै प्रदेशमा सञ्चालन हुने प्रदेशस्तरीय भेलाको कार्यतालिका सार्वजनिक गर्नुभएको हो।प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै सञ्चालन गरिने यो अभियानअन्तर्गत मधेश प्रदेशको राजनीतिक अवस्था, स्थानीय तहको गतिविधि तथा पार्टीको भावी रणनीतिबारे कार्यकर्तालाई जानकारी गराइने जनाइएको छ। बर्दिबासमा हुने भेलाले पार्टीको नीति, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।प्रतिष्ठानका अनुसार सातै प्रदेशका कार्यक्रम वैशाख २६ गते धनगढी बाट सुरु भई जेठ १५ गते रुपन्देही मा समापन हुनेछन्।पार्टीले यस अभियानलाई प्रदेश र स्थानीय तहका नेतृत्वलाई प्रशिक्षण दिने तथा नीतिगत स्पष्टता ल्याउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।