स्पर्श खबर जितपुर बारा चैत १८ गते:
एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिनुपर्ने माग गर्दै आईतबार बाराका सञ्चारकर्मीहरुले हातमा कालोपट्टी बाँधी विरोध गरेका छन्।
नेपाल पत्रकार महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघ बाराको अगुवाईमा सञ्चारकर्मीहरुले हातमा कालोपटृी बाँधी विरोध गरेका हुन्।
पत्रकार माथिको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम बन्द होस् र पत्रकारको सुरक्षा ग्यारेन्टी गर लगायतको माग राखी बाराली सञ्चारकर्मीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।बाराका पत्रकारहरु हातमा कालोपटृी बाँधी बिरोध गरेका हुन।
काठमाण्डौमा शुक्रबार राजाबादीहरुले गरेको आन्दोलनमा बिभिन्न सञ्चार गृहको भवनमा लगाएको आगोको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलीभिजनका क्यामरा मैन सुरेश रजकको आगोले जलेर मृत्यु भएको थियो ।
सञ्चारकर्मीहरुले पहिलो दिन शनिबार बिरोध सभा गरेका थिए। दोस्रो दिन आईतबार हातमा कालोपटृी बाधी बिरोध गरेका हुन्।
तेश्रो दिन सोमबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन बुझाउने तथा चौथो दिन मंगलबार सरोकारवाला संगठन संग छलफल गर्ने कार्यक्रम रहेको छ।