स्पर्श खबर जितपुर बारा चैत १८ गते :
जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले चार लाख ४४ हजार बराबरको केराउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले सोमबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले सो केराउ बरामद गरेको हो।
कलैया उपमहानगरपालिका वडा नं. १३ बलिरामपुर स्थितमा भारतबाट भन्सार छली गरी राखिएकोे केराउ प्रहरीले बरामद गरेको हो।
प्रहरीले एक सय ८५ बोरा केराउ बरामद गरी आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको जानकारी दिएको छ।


