बालाजु होल्डिङ सेन्टर पुगे गृहमन्त्री गुरुङ, सुकुम्बासीसँग मागे माफी
स्पर्श खबर जितपुर बारा जेठ २८ गते
काठमाडौँको बालाजु नयाँ बसपार्कस्थित होल्डिङ सेन्टरको आकस्मिक अनुगमन गर्दै गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी परिवारसँग विगतका कमजोरीप्रति माफी माग्नुभएको छ। उहाँले सरकार सुकुम्बासीहरूको उचित व्यवस्थापनप्रति प्रतिबद्ध रहेको बताउँदै शिक्षा, स्वास्थ्य र सुरक्षाका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्रीको प्रत्यक्ष भेटपछि पीडित परिवारमा स्थायी बसोबास र व्यवस्थापनप्रति नयाँ आशा जागेको देखिएको छ।