सशस्त्र प्रहरीको कडा एक्सन : २३ लाख ५० हजारको अवैध केरा र टाटा योद्धा बरामद, तस्करहरूमा भागाभाग

सशस्त्र प्रहरीको कडा एक्सन : २३ लाख ५० हजारको अवैध केरा र टाटा योद्धा बरामद, तस्करहरूमा भागाभाग
मनाेज शाह जितपुर बारा जेठ १८ गते:

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराले अवैध तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। मिति २०८३ जेठ १८ गते बिहान ५ बजे जिल्ला बारा कोल्हबी नगरपालिका–३ स्थित कोल्हबी–तामागढी सडकखण्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको अवैध सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीले अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको १५० कार्टुन केरा तथा २२ लाख रुपैयाँ बराबरको बा.प्र.०३–००१ च ०९६२ नम्बरको टाटा योद्धा गाडी बरामद गरेको जनाएको छ। बरामद सामान र सवारी साधनको कुल मूल्य २३ लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रहरी टोली पुगेको थाहा पाएलगत्तै चालक गाडी र सामान छाडेर फरार भएको बताइएको छ। बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पछिल्लो समय बारामा अवैध तस्करीविरुद्ध सशस्त्र प्रहरीको निगरानी कडा बनेपछि तस्करहरूमा त्रास फैलिएको स्थानीय स्रोतको दाबी छ। विशेषगरी गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक विशाल सिलवालको निर्देशनमा सञ्चालन भइरहेको निगरानी र कारबाही अभियानपछि सीमावर्ती क्षेत्रमा सक्रिय तस्करहरू भागाभागको अवस्थामा पुगेको बताइन्छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध आयात, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका लागि अभियान अझ सशक्त बनाइने जनाएको छ।