बिन समुदायकी पूजा मुखिया एमबीबीएसमा सफल, बुवाले भने–छोरीले समुदायको शिर उच्च बनाइन्

मनोज साह जितपुर बारा जेठ १६ गते

बिन समुदायकी पूजा मुखिया एमबीबीएसमा सफल, बुवाले भने–छोरीले समुदायको शिर उच्च बनाइन्”
विराटनगरकी पूजा मुखिया बिनले एमबीबीएस अध्ययनमा सफलता हासिल गरेपछि बिन समुदायमा खुसीको वातावरण छाएको छ। उनको सफलतालाई समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।
पूजाका बुवा प्रितम मुखिया बिनका अनुसार छोरीले सानैदेखि अध्ययनमा विशेष रुचि राख्थिन्। सीमित स्रोत–साधनका बाबजुद निरन्तर मेहनत र लगनशीलताका कारण आज यो सफलता प्राप्त गर्न सकेको उनले बताए।
“छोरीले समुदायको मात्रै होइन, सम्पूर्ण परिवारको शिर उच्च बनाएकी छन्। उनको सफलताले बिन समुदायका अन्य छोराछोरीलाई पनि ठूलो प्रेरणा मिल्नेछ,” प्रितम मुखिया बिनले भने।
पूजाले प्रारम्भिक शिक्षा आदर्श इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेकी थिइन्। त्यसपछि कक्षा ८, ९ र १० महेन्द्र विद्यालयबाट पूरा गरी +२ विराटनगरमा अध्ययन गरेकी हुन्। काठमाडौंमा एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेपछि हाल उनी Kathmandu University अन्तर्गत एमबीबीएस अध्ययनरत छिन्।
उनको सफलताप्रति बिन समुदायका विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। समुदायका अगुवाहरूले पूजाको उपलब्धिले शिक्षा र चेतनाको क्षेत्रमा नयाँ उदाहरण स्थापित गरेको बताएका छन्।