विद्युत् र शिक्षामा कर बढाएको भन्दै एमाले नेता पौडेलको सरकारमाथि प्रहार

विद्युत् र शिक्षामा कर बढाएको भन्दै एमाले नेता पौडेलको सरकारमाथि प्रहार

मनाेज शाह जितपुर बारा जेठ १६ गते:

नेकपा एमालेका नेता मनोज पौडेलले सरकारले सार्वजनिक गरेको नयाँ बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बजेटले आम नागरिकमाथि थप आर्थिक भार थोपरेको आरोप लगाएका हुन्।
पौडेलले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले अब १३ प्रतिशत भ्याट तिर्नुपर्ने तथा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकले ३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्थाले जनताको ढाड सेक्ने काम गरेको बताएका छन्।
“नागरिकको मुटुमा करको भाला रोपिएको छ,” उनले लेखेका छन्। उनका अनुसार सरकारले ल्याएको यो व्यवस्था जनमुखी नभई करमुखी भएको र यसले सरकार जनताप्रति उत्तरदायी नरहेको सन्देश दिएको छ।
सरकारको बजेट घोषणापछि विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणबाट समेत कर सम्बन्धी व्यवस्थामाथि मिश्रित प्रतिक्रिया आउन थालेको छ।