मिसन जागरण अभियानमा एमालेको तीव्र तयारी, बाराका पालिकामा नेताहरूको जिम्मेवारी बाँडफाँट

मिसन जागरण अभियानमा एमालेको तीव्र तयारी, बाराका पालिकामा नेताहरूको जिम्मेवारी बाँडफाँट

मनाेज शाह जितपुर बारा जेठ १६ गते
नेकपा एमालेले ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउन बारा जिल्लाका पालिकाहरू केन्द्रित कार्यविभाजन गरेको छ। अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यसहित विभिन्न नेताहरूलाई पालिकागत जिम्मेवारी तोकिएको हो।
कार्यविभाजनअनुसार कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकामा पूर्वसांसद अच्युत मैनाली,

आदर्श कोतवाल गाउँपालिकामा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा पूर्वकृषिमन्त्री ज्वालाकुमारी साह

तथा स्वर्ण गाउँपालिका र महागढीमाई नगरपालिकामा मोहम्मद समिर अन्सारीलाई जिम्मेवारी दिइएको छ।


त्यस्तै निजगढ नगरपालिकामा सीता सुवेदी, जितपुर–सिमरा उपमहानगरपालिका र विश्रामपुर गाउँपालिकामा पूर्वमन्त्री किसान श्रेष्ठ,

परवानीपुर र देवताल गाउँपालिकामा पूर्वमन्त्री एकबाल मियाँ, सिम्रौनगढ नगरपालिकामा माेबिन आलम,

पचरौता नगरपालिकामा बलवीर चौधरी,

करैयामाई गाउँपालिकामा सरस्वती चौधरी तथा

पर्सौनी गाउँपालिकामा मञ्जु थापालाई जिम्मेवारी तोकिएको एमालेले जनाएको छ।
एमालेले अभियानमार्फत संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा आगामी निर्वाचनलाई लक्षित गर्दै जनतामाझ पार्टीको उपस्थितिलाई थप बलियो बनाउने रणनीति अघि सारेको छ।