मानव वन्यजन्तु दन्त न्यूनीकरण गर्न राधाकृष्ण माध्यवर्ति वन समूहद्वारा वन क्षेत्रमा एम एस तारबार जडान
स्पर्श खबर जितपुर बारा मंसिर १६ गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित राधाकृष्ण माध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सिम्रा बाराले मानब वन्यजन्तु दन्त न्यूनीकरणको लागि एमएस जाली तारबार निर्माण कार्य सुरु गरेको छ। समूहको निर्णयअनुसार वन र बस्तीको सिमानामा तारबार लगाउने कामको औपचारिक रूपमा सोमबारबाट सुरु गरिएको हो। समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठका अनुसार हाल वन क्षेत्रमा रहेका जंगली जानवरहरू बस्ती तथा खेतबारीतर्फ प्रवेश गर्ने र धनजनको क्षति गर्ने क्रम बढेकोले स्थानीयको सुरक्षा किसानहरू अनबलिक तरकारी तथा अन्य कृषिजन्य उत्पादनमा हुँदै आएको क्षति कम गर्न र वन अतिक्रमण गर्न तथा नियन्त्रित आवतजावत रोक्न पनि तारबार प्रभावकारी उपाय हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । तारबार निर्माणपछि मानो वन्यजन्तु दन्तमा कमी आउने कृषिजन्य उत्पादन सुरक्षित हुने र वन संरक्षणमा थप योगदान पुग्ने समूहको विश्वास छ। राधाकृष्ण महादेव औरती वन उपभोक्ता समूहले चरणबद्ध रुपमा सबै जोखिम मुक्त यो क्षेत्रहरूमा तारबार विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको जनाएको छ।