सडक व्यवस्थित पार्न जितपुरसिमराकाे सडक विभागलाई पत्रचार

सडक व्यवस्थित पार्न जितपुरसिमराकाे सडक विभागलाई पत्रचार
स्पर्श खबर जितपुर बारा मंसिर १६ गते।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले त्रिभुवन राजपत्र महेन्द्रराज मार्गमा सडक अतिक्रमण गरी टहरा र पसल राख्ने तथा नालामा जथाभावी ढलान गर्ने जस्ता गतिविधि बढेको भन्दै नियन्त्रणको लागि तत्काल पहल गर्न सडक डिभिजन कार्यालय हेटौडालाई सोमबार पत्राचार गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको पत्रमा फुटपात समेत ओकेर गरिएको यस्ता गतिविधिले सडक अव्यवस्थित र जोखिम पूर्ण बनेको र यसबाट पैदल यात्रु विद्यालय जाने बालबालिका वृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित आवतजावतमा गम्भीर समस्या सिर्जना गरेको जनाइएको छ । नगरपालिकाले विगतमा अन्य सरकारी कार्यालयहरूसँग सहकार्य तथा समन्वयन सडक सचेतना मुलुक गतिविधिहरू सञ्चालन गरिरहे पनि प्रभावकारी नियन्त्रण गर्न नसकेको जनाएको छ। पत्रमा जथाभावी नालामा ढलान गर्दा वर्षायाममा पानी निकास हुन नसक्ने सडकबाटै पानी बग्ने र दुर्घटना हुने सम्भावना बढ्ने जस्ता समस्या उत्पन्न हुने गरेको पनि जनाइएको छ । साथै सडकको भौतिक संरचना बिगर्दै दैनिक रुपमा सवारी दुर्घटना र मानसिकहरूको मृत्यु हुने घटनाहरु बढेको तथा पनि प्रकाशमा आएको छ । नगर प्रमुख राजन पौडेलले तत्काल आवश्यक कारवाही गरी अवैध अतिक्रमण हटाउन नालामा ढलान भत्काएर सफा गर्न अव्यवस्थित क्रसिङ व्यवस्थित गर्न र बिग्रेका सडक खण्डहरूको मनोमत सम्भार गर्न अनुरोध गर्नुभएको छ। उपमहानगरपालिका कार्यालयले सडक संरचना संरक्षण सुरक्षित यातायात र दिगो व्यवस्थापनका लागि प्राविधिक सहयोग र सामान्य प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला ट्राफिक कार्यालय निजगडलाई बोधार्थ पनि पठाएको छ ।