मेयर बालेन्द्र शाहका बुवाको निधनप्रति पूर्व सांसद महेश बस्नेतद्वारा श्रद्धाञ्जली
स्पर्श खबर जितपुर बारा मंसिर १५ गते:
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधनप्रति पूर्व सांसद महेश बस्नेतले हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन्।
उनले लेखेका छन्, “हार्दिक समवेदना। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु।”
रामनारायण शाहको निधनसँगै मेयर शाहको परिवार शोकमा रहेको छ। विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई धैर्य–धारणको शक्ति मिलोस् भन्ने कामना गरिरहेका छन्।


