समाजसेवी विनोद सापकोटाको सामुदायिक वनलाई

स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते।

स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते। समाजसेवी विनोद सापकोटाले प्रगतिशिल सामुदायिक वनलाई धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले सामुदायिक वनसँगै निवर्तमान अध्यक्ष कुमार त्रिपाठी र वर्तमान अध्यक्ष सन्तोष दाहालप्रति आभार प्रकट गरेका हुन्।

सापकोटाले लेखेका छन्, “पहिलो धन्यवाद प्रगतिशिल सामुदायिक वनलाई, दोस्रो निवर्तमान अध्यक्ष कुमार त्रिपाठी दाजुलाई अनि तेस्रो धन्यवाद वर्तमान अध्यक्ष सन्तोष दाहाल भाइलाई र सम्पूर्ण गाउँवासीलाई साथ, सहयोग र श्रमदानका लागि।”

उनका अनुसार ५१३ विरुवा हुर्काउने लक्ष्य लगभग पूरा हुन लागेको छ। उनले उपयुक्त वातावरण मिलेमा अर्को खण्ड/प्लटमा पनि विरुवा रोप्ने योजना रहेको बताएका छन्।

सापकोटाले सामुदायिक वन र अध्यक्ष सन्तोष दाहालप्रति पुनः धन्यवाद व्यक्त गर्दै स्थानीय स्तरमा हरियाली अभियान निरन्तर चलाउने प्रतिवद्धता जनाएका छन्।