त्रिवेणी पूर्णवासी नहान मेला लक्षित बाटो मर्मत सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक १८ गते:

त्रिवेणी पूर्णवासी नहान मेला लक्षित बाटो मर्मत सम्पन्न
बारा जिल्लाकाे पर्सौनी गाउँपालिकामा भोलि लाग्ने त्रिवेणी पूर्णवासी नहान मेलामा सहभागी भक्तजनहरूलाई आउन–जान सहज होस् भन्ने उद्देश्यले पर्सौनी गाउँपालिकाले बाटो मर्मत कार्य सम्पन्न गरेको छ।

गाउँपालिकाका मेयर विनोद जयसवाल र सम्बन्धित वडाध्यक्षको सक्रियतामा हिलोयुक्त सडकमा माटो खसाइ मर्मत गरिएको हो। यस कार्यले भक्तजनलाई मेला स्थलसम्म पुग्न सहजता हुने विश्वास व्यक्त गरिएको छ।

स्थानीयवासीहरूले मेलाको पूर्वसन्ध्यामा गरिएको यो पहलप्रति खुशी व्यक्त गर्दै स्थानीय सरकारप्रति धन्यवाद दिएका छन्।