जितपुरसिमरा २१ मा पेट्रोल ट्याङ्कर पार्किङमा प्रतिबन्ध

जितपुरसिमरा २१ मा पेट्रोल ट्याङ्कर पार्किङमा प्रतिबन्ध

स्पर्श खबर जितपुर बारा कार्तिक १७ गते — जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २१ को वडा कार्यालयले बस्ती र राजमार्ग आसपास पेट्रोल र डिजेलजस्ता ज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरू पार्किङ गर्न प्रतिबन्ध लगाएको छ।जितपुरसिमरा उपमहानगरपालिका

वडा २१ का वडा अध्यक्ष सुबस श्रेष्ठकाे अनुसार स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै जनप्रतिनिधि, प्रहरी प्रशासन, ट्याङ्कर संघ र सम्बन्धित पक्षबीच संयुक्त छलफल गरी उक्त निर्णय लिइएको हो।

छलफलमा सहभागी सबै पक्षले सम्भावित दुर्घटना, आगलागी र ट्राफिक अवरोध रोकथामका लागि ट्याङ्कर पार्किङ निषेध गर्ने सहमति जनाएका छन्। वडा कार्यालयले अबका दिनमा बस्ती नजिक वा राजमार्ग छेउमा ट्याङ्कर पार्किङ गरे कारबाही गरिने चेतावनी पनि दिएको छ।