स्पर्श खबर जितपुर बारा कार्तिक १५ गते:
जितपुरमा छटघाट नजिक नवजात शिशु भेटियो
बारा, कार्तिक १६ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ केराढोका छटघाट नजिक आज बिहान करिब ४ बजे एउटा नवजात शिशु भेटिएको छ।
स्थानीय बासिन्दाले छटघाट नजिक कपडामा बेरेको अवस्थामा शिशु फेला पारेका हुन्। उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी टोली घटनास्थल पुगेका थिए। प्रहरीले शिशुलाई आफ्नो मातहतमा लिएर आवश्यक प्रक्रिया पूरा गर्दै जितपुर प्रहरी कार्यालयमा लगेको छ।
शिशु जीवित रहेको र हाल सुरक्षित अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।


