स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:
प्रादेशिक अस्पताल कलैयामा सरसफाइ सुधार र पोसाक अनिवार्य सम्बन्धी निर्णय
बारा । प्रादेशिक अस्पताल कलैयामा सरसफाइ र अनुशासन सुधारका लागि सरसफाइ कर्मी तथा कार्यालय सहयोगीहरूसँग विशेष छलफल गरिएको छ। छलफलका क्रममा अस्पतालमा कार्यरत सरसफाइ कर्मीहरूले नियमित रूपमा पोसाक (ड्रेस) लगाउने व्यवस्था अनिवार्य गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष जवहिर असरीले जानकारी दिनुभयो।
अध्यक्ष असरीका अनुसार अस्पतालको स्वच्छ वातावरण र सेवाग्राहीमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यो निर्णय लिइएको हो। उहाँले सरसफाइमा अझ सुधार ल्याउन सबै कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
छलफलमा सहभागी सरसफाइ कर्मी र सहयोगीहरूले पनि अस्पतालको सरसफाइमा निरन्तर सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्।


