सिमरा खानेपानी द्वारा आयोजना हुने कार्यक्रम भोलि मधेस प्रदेशको मुख्यमन्त्री सोनल आउदै

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते । जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारण सभा भोलि हुने तय भएको सिमरा खानेपानीका सुचना अधिकारी निर्जल अधिकारीले बताए । उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र साेनल प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको समिति अध्यक्ष काशिम हुसेनले बताएको छ।

कार्यक्रममा उपभोक्ताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

साधारण सभामा समितिको वार्षिक प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्ने र आगामी वर्षका योजना तथा कार्यक्रमहरू पारित गर्ने एजेन्डा रहेको समितिका अध्यक्ष हुसेनले जानकारी दिएका छन्।

साथै, खानेपानी सेवा सुधार, नयाँ पाइपलाइन विस्तार, सरसफाइ सचेतना कार्यक्रम र उपभोक्तामैत्री सेवा विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ।