बिरगंजका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेट गरी शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए

बिरगंजका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेट गरी शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते । नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबीर पुनसँग आज पर्सा जिल्लाकाे बिरगंजका युवाहरूले भेटघाट गर्दै देशको शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए ।

भेटका क्रममा युवाहरूले मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार, Research & Development केन्द्र स्थापना, पुस्तकालय व्यवस्थापनको सुदृढीकरण तथा राष्ट्रिय शिक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीबारे ध्यानाकर्षण गराएका थिए।

युवाहरूले मन्त्री पुनलाई ज्ञापनपत्र बुझाउँदै मधेश प्रदेशका शैक्षिक संस्था, विद्यार्थी र शिक्षकमाझ देखिएका समस्याहरू समाधानका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।

मन्त्री पुनले युवाहरूका सुझावहरू ध्यानपूर्वक सुनेर सरकारका तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। उनका अनुसार युवाको सुझाव र सहभागिता बिना शिक्षा क्षेत्रमा दीगो सुधार सम्भव छैन।