श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज एक विशेष समारोहका बीच विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

आर्थिक वर्ष २०७८/८२ मा नगरपालिका द्वारा प्राप्त विद्यार्थी पोशाकहरू विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थितिमा पोशाक वितरण गरियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई विद्यालयप्रतिको लगाव बढाउन र अनुशासनका साथ अध्ययनमा ध्यान दिन आग्रह गरेका थिए। सो अवसरमा विद्यालय प्रशासनले नगरपालिकाप्रति विद्यार्थी सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेको छ।