४१ औ संस्करणमा गुम्बा मेला १७ गतेबाट सुरु

बसन्त लामा सिंगौल कार्तिक १४ गते /
बारा जिल्लाकाे निजगढ नगरपालिका वडा ३ स्थित रहेको टासिधार्गेलीङ बौद्ध गुम्बा मेला को ६० प्रतिशत मेलाको काम सम्पन्न भएको छ |
गुम्बामेला आउदो १७ गते बाट सुरु हुने भएकोले निजगढ नगरपालिका नगर प्रमुख मेयर सुरथ पुरीको प्रमुख आतिथ्यमा उदघाटन हुने भएको टासिधार्गेलीङ बौद्ध गुम्बा व्यवस्थापन समितिको अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) बताउनु भएको छ |
१७ गते बाट सुरु हुने मेलाको लागि सागीतिक कार्यक्रमको लागि कलाकारको समेत बन्दोबस्त भैइसकेको जिम्बाले बताउनु भएको छ |
साँगीतिक कार्यक्रमको लागि कलाकार मिस्टर डी लाहुरे दिपक बज्रआचार्य कुमसागर नया अनुहार को कलाकार र स्थानीय भएको समेत सहाभागिता रहेको ४१ औ गुम्बा मेला व्यवस्थापन समितीको अध्यक्ष संजिव योन्जनले बताउनु भएको हो |
बर्षेनी लाग्दै आइरहेको मेलामा जहिले पनि नाम चलेको ख्यातीप्राप्त कलाकार ल्याउने गरेको ले यसपाली भने नया अनुहार को कलाकार को प्रस्तुति गर्न लागेको मेला आयोजक ले बताएकोछ |
मेलामा मनोरंजनको लागि नाउ रोटिपिङ मिक्कुमाउ जम्पिङ अन्य मनोरंजन खेलको सामाग्री धमाधम सेट गर्ने कार्य भैरहेको मेला व्यवस्थापन समितिको सचिब युवराज वल तामाङ ले बताएकोछ |
स्थानीय लगाएत बाहिरबाट मेलामा आइ पसल होटल गर्न चाहने व्यक्ति ले आउने यहि १६ गते बिहान बाट स्टल वितरण हुनेभएकोले सम्पर्क गर्न समेत सुचना गरिएको व्यवस्थापन समितीको अध्यक्ष योन्जन ले बताएकोछ |
मेला ४ दिन लागने भएकोले शान्ति सुरक्षाको व्यवस्था कडाइको साथ गर्नु पर्ने भएको ले सम्बन्धित सुरक्षा निकायलाइ आदिकारिक पत्रचारको लागि गृहकार्य भैरहेको व्यवस्थापनले बताउनु भएकोहो |
ब्रह्माण्ड समुदायको सोह्रश्रद्धा लागेपछि पितृको सम्झनामा कार्य गरिन्छ भने तामाङ समुदायको कार्तिक पुर्णिमा र चैत्र पुर्णिमाको दिन मृत्यु भैसकेको आफन्तको नाममा गुम्बा चैत्यलगायतका धार्मिक शक्तिपिठहरुमा पूजापाठ र वत्तीबाल्ने कार्य गर्ने चलन रहेको छ ।
यसै कार्यलाई निरन्तरताको स्वरुप पितृको सम्झनामा दिपप्रज्वलन गर्ने गर्छ्न टासीधार्गेलिङ को भने यो गरी ४१ औ संस्करणमा गुम्बा मेला हुन लागेको हो ।
गुम्बामा दिपप्रज्वलन गर्न र मेला भर्न छिमेकी जिल्ला मकवानपुर बकैया गाँउपालिकाको राजुवा धियाँला थाकालचौर तीनढुंगे सरस्वती दमैचौर तीनभङले सिन्धुली रौतहट लगाएत बाहिरि स्थानीय समेत मेला भर्नआउने गर्छन |