जितपुर बजारमा फोहोरै फोहोरको ढुङ्गाना, सरसफाइप्रति सरोकारवालाको बेवास्ता

oplus_16

जितपुर बजारमा फोहोरै फोहोरको ढुङ्गाना, सरसफाइप्रति सरोकारवालाको बेवास्ता

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते

जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर बजार पछिल्ला केही हप्तादेखि फोहोरको ढुङ्गानाले ढाकिएको छ। स्थानीय वासिन्दा र व्यापारीहरूका अनुसार बजारको बीचभागदेखि मुख्य सडक छेउसम्म प्लास्टिक, बोटल, कुहिने खाद्य वस्तु र अन्य फोहोर थुप्रिएको छ, जसले दुर्गन्ध फैलाउने र रोग फैलिने जोखिम बढाएको छ।

स्थानीय व्यवसायी जिवन थापाले भने, “बजारमा फोहोर उठाउने जिम्मेवारी त नगरपालिकाकै हो, तर हप्ता–हप्तासम्म फोहोर नउठाउँदा व्यापार गर्न पनि गाह्रो भएको छ।”

फोहोर व्यवस्थापनका लागि तोकिएको ट्रक कहिलेकाहीँ मात्र बजार पुग्ने र पर्याप्त जनशक्ति नहुँदा समस्या झनै चर्किएको स्थानीयहरूको गुनासो छ।

जितपुरसिमरा उपनगरपालिकाका सरसफाइ शाखा प्रमुख पुष्प सिहले भने, पानी परिरहेका कारण सरसफाइ हुन न सकेको बताईन् ।