गौतमको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा

गौतमको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा
स्पर्श खबर जितपुर बारा कार्तिक १३ गते
बाराका नेपाली काग्रेस पार्टीका पूर्व पार्टी सभापति स्वर्गीय ऋषिकेश गौतमको १३औ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नेपाली कांग्रेस बाराको कार्यालयमा बुधबार सो शारदाली साभा गरिएको हो। सभाको अध्यक्षमा नेपाली कांग्रेस बाराका सभापति राकेशरा यादवको थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्ट अमिरलाल पाल पूर्वमन्त्री कलवती सोनोपुर गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव नेपाल ट्रेड युनियन बाराका अध्यक्ष विश्व मणि शर्मा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति प्रभात चौरसिया बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लुकेश सिंह , पत्रकार लगायत उपस्थित रहेको थियो । कार्यक्रमका सञ्चालन नेपाली कांग्रेस बाराका जिल्ला कार्यसमिति सदस्य रविकरण साहले गरेका थिए।