जितपुरसिमरा लगायत देशभरी नै लोक आस्थाको छठ पुजा भब्यताका साथ सम्पन्न

जितपुरसिमरा लगायत देशभरी नै लोक आस्थाको छठ पुजा भब्यताका साथ सम्पन्न
स्पर्स खबर जितपुर बारा कार्तिक ११ गते
बारा लगायत देशभरि नै लोक आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएर भव्यताका साथ समापन गरिएको छ।

चार दिनसम्म मनाइने यो पर्वलाई अत्यधिक शुद्धता र पवित्रताको पर्व मानिन्छ। बाराको बरेवास्थित छठिया पोखरी, रामजानकी मन्दिर स्थित पोखरी र सपद्वेश्वर विद्यालय प्राङ्गणमा रहेको छठघाट पोखरी लगायतका स्थानहरूमा व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

सन्तानको दीर्घायु तथा चर्मरोग निको हुने जनविश्वास रहेको यो पर्वको तयारी स्वरूप यसअघि छठघाटहरूलाई दुलहीझैँ सिङ्गारिएको थियो। व्रतालुहरूले श्रद्धापूर्वक अर्घ्य दिएपछि यो वर्षको छठपर्व सम्पन्न भएको छ।