महागढीमाई मेयरको फेसबुक ह्याक, अभद्र टिप्पणी पोस्ट

मनाेज शाह जितपुर बारा कार्तिक १० गतेे:

महागढीमाई मेयरको फेसबुक ह्याक, अभद्र टिप्पणी पोस्ट

बारा। महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव (उपन) को फेसबुक एकाउन्ट ह्याक भएको छ। ह्याकरले एकाउन्टमा पहुँच जमाएर अभद्र तथा मानहानीपूर्ण टिप्पणीहरू पोस्ट गरेपछि नगरप्रमुख यादवले सार्वजनिक रूपमा दुःख व्यक्त गरेका छन्।

घटना सार्वजनिक भएपछि उनले यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन साइबर ब्युरोले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।

नगरप्रमुख यादवले आफ्नो निरन्तरको विकास कार्यले विचलित बनेका केही पक्षहरू सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाएका छन्।

उनका अनुसार असम्पादित तथा झुटा सामग्री मार्फत जनमानसमा भ्रम सिर्जना गर्न खोज्नेहरूप्रति कडा कारबाही हुनुपर्ने आवश्यकतासमेत उनले औंल्याएका छन्।