हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठमा जितपुरको शान्ति सुरक्षा व्यवस्था उत्कृष्ट, ईलाका प्रहरी कार्यालय जितपुर प्रति स्थानियबासी खुसी

मनाेज शाह जितपुर बारा कार्तिक १० गते:

नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा ईलाका प्रहरी कार्यलय जितपुरमा शान्ति ,सुरक्षा,अमनचयन कायम राख्न सफल प्रहरी बरिष्ठ नायब निरीक्षक जे जन कार्की आफ्नो एरियालाई अपराधमुक्त बनाउन अहोरात्र खटिरहेका छन् ।

जितपुरसिमरा नगरपालिक अन्तर्गत इलाका प्रहरी कार्यालय जितपुरमा प्रहरी बरिष्ठ नायब निरीक्षक जे जन कार्कीको आगमनसँगै स्थानीय स्तरमा शान्ति सुरक्षा तथा सुशासनको उल्लेखनीय सुधार देखिएको छ।प्रहरी बरिष्ठ नायब निरीक्षक कार्की नेतृत्वको टोलीले जनताको सेवा र सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको स्थानीयवासीहरू बताउँछन्।

कुनै पनि किसिमका आपराधिक घटनामा तुरुन्तै प्रहरीको उपस्थिति र समाधानमुखी कार्यशैलीले जनस्तरमा प्रहरीप्रतिको विश्वास थप गहिरो भएको छ।नागरिकमा भरोसा, अपराधमा नियन्त्रण स्थानीयहरूले बताएअनुसार, लागूऔषध, चरेस कारोबार, चोरी तथा अन्य आपराधिक गतिविधिहरूमा प्रहरीले कडा निगरानी राख्दै तत्काल कारवाही गरेको छ। कार्की नेतृत्वमा सञ्चालन गरिएका नियमित गस्ती, निगरानी तथा सूचनाको भरमा गरिएको छापामारीले क्षेत्रमा अपराध दरमा सुन्नेमा झरेको छ।प्रहरी मेरो साथी भन्ने भनाइलाई हामीले अब केवल नारामा होइन, व्यवहारमै अनुभूत गर्न थालेका छौँ,” एक स्थानीय सुदिप साहले बताए । आपत्कालीन अवस्थामा जनताको नजिक पुग्ने प्रहरीको तदारुकता, इमानदारीपूर्ण व्यवहार र संवेदनशीलता जनमुखी सेवा प्रवाहको उदाहरण बनेको छ जितपुर प्रहरी।

जनताको सेवामा समर्पित प्रहरी बरिष्ठ नायब निरीक्षक कार्कीले आफूहरूको उद्देश्य जनताको सुरक्षा, अपराधमुक्त समाज र कानूनी शासनलाई कार्यान्वयनमा ल्याउनु भएको बताए। “हामी जुनसुकै घडी जनताको सेवामा छौँ,” उनले छोटो टिप्पणीमा भने।