दलित माथि जातीय विभेद सिमरा दलित अगुवाहरूको पत्रकार
स्पर्श खबर जितपुर बारा, कार्तिक १० गते।
हिन्दुहरूको महान पर्व छठमा दलित समुदायमाथि जातिभेद गरिएको भन्दै बारा जितपुर सिम्रा उपमहानगर अस्तरीय सर्वदलीय दलित सञ्जालले सिम्रामा पत्रकार सम्मेलन गर्दै कडा आपत्ति जनाएको छ । सञ्जालका अगुवाहरूले पत्रकार सम्मेलनमा छठ पर्व सुरु हुनुअघि नै दलित समुदायको लागि छठमाईको प्रतिभा बनाउने पूजा स्थलमा दलितहरुलाई छुट्टै बस्ने व्यवस्था गर्ने जस्ता विभेदपूर्ण अभ्यासहरू निरन्तर भइरहेको बताउँदै यसप्रति चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै पूर्व मधेस प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले भने। छठमा दलितहरुले बनाएको सामग्रीहरू शुद्धताको प्रतीकका रुपमा प्रयोग गरिन्छ तर ती सामग्री बनाउने दलितहरुलाई नै पूजास्थलमा अशुभ बन्दै टाढा राख्ने परम्परा आज पनि चलिरहेकोले यो गम्भीर सामाजिक अन्याय हो। उहाँले यस्ता विभेदपूर्ण कार्यालय असमस्थित र समानता आधारित समाज निर्माण अवरोध पुर्याउने बताएका छन् । दलित समुदायका अङ्गहरूले छठ पूजा समितिलाई विभेद अन्त्य गरी सबै समुदायका भक्तजनलाई समान रूपमा पूजा गर्ने वातावरण सुनिश्चितता गर्ने आग्रह विश्वकर्माले गरेको छन् ।त्यस्तै संजालका अध्यक्ष राजदेव पहिचानले विभेदपूर्ण व्यवहार रोक्न आवश्यक कदम चल्न सम्बन्धित निकाय र प्रशासनलाई माग गर्दै विभेद गर्ने छठ पूजा समितिमाथि कानुनी कारवाही गर्नुपर्ने माग गरेका छन् । छठ पर्वलाई एकता सम्पन्न र सहमतिपूर्वक प्रतिकका रूपमा मनाइने परम्परा भएपनि यस वर्षको तयारीका क्रममा देखिएको जाति विभेदले समाजपूर्ण प्रश्न उठाएको दलितहरूको बताएका छन् । कार्यक्रममा दलित अगुवाहरू श्यामकुमार पैसन लगायत सहभागी थियो
दलित माथि जातीय विभेद सिमरा दलित अगुवाहरूको पत्रकार


