दुधौर खोलामा टिकटक बनाउने क्रममा प्रसौनी एक युवा बेपत्ता
स्पर्श खबर जितपुर बारा असोज १९ गते
प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा बिहान टिकटक भिडियो बनाउने क्रममा एक युवा खोलमा बेपत्ता भएका छन्। पर्सौनी गाउँपालिका वडा नम्बर २ बस्ने विकिगोशमी बेपत्ता भएका हुन्। उनीसँगै हाम फालेका २० वर्षीय अनुराग केस रहने भने पौडी खेलेर आफै बाहिर निस्किन सफल भएका छन् । प्रहरीका अनुसार दुवैजना बिहान पुलमा आएर मनोरञ्जन स्वरूप टिकटक भिडियो बनाउन खोज्दैखोलामा हाम फालेका थिए। तर खोलामा पानीको बावाह तिब्र भएको कारण दुर्घटना भएको अनुमान गरिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पर्सौनी र सशस्त्र प्रहरी बल नेपाल बार हेडक्वाटर बाराको संयुक्त टोली तत्काल घटनास्थल पुगेको हो। तर अहिलेसम्म बेपत्ता विकिगोशमीको कुनै अत्तोपत्तो नलागेको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले भने वर्षको कारण खोलामा पानीको बवाह अत्यधिक बढेकोले उद्धार टोलीलाई कटाई भइरहेको छ। तर खोज तथा उद्धार कार्य कुनै पनि अवस्था रोकिएको छैन निरन्तर जारी छ प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र स्थानीय तहसँग समन्वय गरी खोज कार्यालय अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ


