छोरी जन्मएकी महिलालाइ सासु र ससुरो संग पारिवारिक पुनर्मिलन

स्पर्श खबर जितपुर बारा असोज १५ गते

हिजो छोरी जन्मएकी महिलालाइ सासु र ससुरो संग पारिवारिक पुनर्मिलन

असोज १४ गते बेलका ४ बजे आश्रममा पेट दुखे पछि नारायणी अस्पतालमा लागिएको र बेलुका ५:२३ बजे एक जना नानी लाइ जन्मदिनु भएको थियो, बच्चा जन्मिए पछि फेसबुक, पत्रपत्रिका, अन्लाइन मिडिया, रेडियो आदिमा समाचार हेरे पछि निज महिलाको ससुरो सम्भु राम र सासु पाना देवी चमार आज असोज १५ गते बुधबार बिहान ८ बजे बुहारी र नातिनी लिन नारायणी अस्पताल आइपुग्नु भयो, वहाहरुको घर पर्सा गढ़ी नगरपालिका वार्ड न. ५ झिंग्नी हो, र सासु-ससुरो अनुसार छोरा राम कारण राम पहाडमा ट्रयाक्टर चलाउ छन्, र बुहारी पुनिता देवी रामको मानसिक अवस्था कम्जोर भएकोले घरबाट निस्किएको बताए र धेरै खोज्दा पनि नभेटिए पछि गाउँको एकजनाले फेसबुकमा हेरेर हजुरको बुहारी बिरगंजको नारायणी अस्पतालमा हुनुहुन्छ भने पछि आज लिन आउनु भएको कुरा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यूले जानकारी दिनु भयो !!

अस्पतालमा सुन्दर पारिवारिक पुनर्मिलन गराउदा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू,मानवसेवा आश्रमका अभिभावक-सामाजिक अभियन्ता प्रकाश थारुज्यू, लाइन्स् क्लब अफ बिरगंज सेस्मी एकेडेमी की अध्यक्ष एवं सामजिक अभियन्ता पिया सिंह ज्यु, अस्पताल OCMC को फोकल पर्सन हेमा थापा ज्यु, सामजिक व्यक्ति सन्तोष पटेल र पिन्टु रौनियार ज्यु आश्रमका स्वयंसेवकहरु बिकाश माली,संगीता परियार, आश्रममा सेवरत प्रहरी जवान नगेश्वर यादव,दिपेन्द्र चौधरी, ज्यु को उपस्थिति रहेको थियो !!

आश्रम परिवारको तर्फ बाट सम्पूर्ण पत्रकारज्युहरु, साथै जस -जसले समाचार सेयर गरिदिनु हुने सबै प्रति बिशेष आभार र धन्यवाद, हजुरहरुको योगदानले गर्दा पारिवारिक पुनर्मिलन सफल भएको छ !!

२०८२ असोज १४ गते मंगलबार बेल्का ५.२३ बजे नारायणी अस्पताल मा छोरी जन्मएकी छिन, असोज ११ गते शनिबार राती ९ बजे वडा प्रहरी कार्यालयको प्र.स,नी भुलेंद्र गिरि ज्यु र आश्रमका अभिभावक तथा सामजिक अभियन्ता प्रकाश थारु ज्युले मानवसेवा आश्रम बिरगंज शाखामा आफ्नो नाम, थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३० की गर्भवती महिलालाइ आश्रममा ल्याई दिनु भएको थियो !!