पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको वन क्षेत्र भएर जाने राजमार्ग सडकमा सवारी साधन रोक्न निषेध
स्पर्श खबर जितपुर १३ गते
पछिल्लो समय बाघ ,चितुवा लगायतका हिसक वन्यजन्तुको गतिविधि बढेकोले पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको वन क्षेत्रमा भएर जाने राजमार्ग क्षेत्रमा राजमर्गमा रोक्न साधन निश्चित गरिएको छ। बेलाबेलामा जंगली जानवरको आक्रमण परी मानवीय क्षति तथा घटना भइरहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। यसै सन्दर्भमा हिस्साका वन्यजन्तुको आक्रमण र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निकुञ्जले पथलैया , अमलेगज सडक खण्ड र पत्लैया , निजगढ सडक खण्डको निकुञ्ज तथा वन क्षेत्र पर्ने भागमा सार्वजनिक तथा निजी दुई पाङ्ग्रे ३ पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन जथाभावी रोक्न निषेध गरिएको पार्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ सरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए। उनले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पत्लैया लगायत सरकारवालाहरूलाई यस व्यवस्था कार्यान्वयन गर्न गराउनको लागि आवश्यक सहयोगको लागि अनुरोध गरेको बताए। पर्सा राष्ट्रिय निकुञ्जले यस निर्णयलाई कार्यान्वयन गर्न सरकारहरूलाई पत्राचार गर्दै कडाईका साथ पालना गर्ने अनुरोध गरेको छ। गत बुधबार मात्र जितपुर सिम्रा उपमहानगरपालिका २२ का ५५ वर्षीय कृष्णकुमार शर्मा घाँस काट्न जङ्गल गएका बेला वन्यजन्तुको आक्रमणमा परि ज्यान गुमाएका थिए । यस अघि पनि केही महिना अगाडि अमलेशगञ्ज क्षेत्रमा बाख्रा चराउन गएका एक वृद्धाको बाघको आक्रमणबाट मृत्यु भएको थियो। पार्सा राष्ट्रिय निकुञ्जले यसलाई गम्भीर रूपमा लिएर जनतालाई सतर्क रहन र निकुञ्ज क्षेत्रभित्र अनावश्यक गतिविधि नगर्न आग्रह गरेको छ।