कानु हलुवाई समाज जितपुरद्वारा प्रहरी उपरीक्षक शाहलाई सम्मान
स्पर्श खबर, जितपुर (बारा), भदौ १३ गते।
कानु हलुवाई समाज जितपुरले प्रहरी उपरीक्षक (एसपी) भूनेश्वर प्रसाद शाहलाई जितपुरमा एक कार्यक्रमका बीच सम्मान गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी तथा स्थानीयबासीको उपस्थितिमा एसपी शाहलाई सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै समाजका पदाधिकारीहरूले शाहले देखाउनुभएको उत्कृष्ट सेवाभाव, कर्तव्यनिष्ठा र इमान्दारिताले नेपाल प्रहरीको गरिमा मात्र बढाएको नभई कानु हलुवाई समुदायको पनि गौरव उचालेको बताए।
सम्मान ग्रहण गर्दै एसपी शाहले आफूलाई प्राप्त यो सम्मानलाई थप जिम्मेवारीको रूपमा लिएको बताए ।
त्यस्तै, कानु हलुवाई समाजले हलुवाई समाजलाई गौरव दिलाउने गरी एसपी शाहले देखाउनुभएको कर्तव्यपरायणता प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा स्थानीयहरुले पनि एसपी शाहको कार्यशैली र सेवाभावको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए।