गणेश पूजा समिति गठन

गणेश पूजा समिति गठन
मनाेज साह जितपुर बारा साउन २२ गते:
गणेश पूजा समिति गठन भएको छ । जितपुर बजारमा १८ वर्षदेखि गणेश पूजा गर्दै आएको छ। यसपालि गणेश पूजा धुमधामका साथ बाजासहित मेला लाग्ने कार्यक्रम रहेको छ। यसपालि मेलामा आकर्षित गर्नका लागि ठूलाठूला झुलुवाहरू नाचगान र बाजागाजा सहित राखिएको अध्यक्ष श्रीराम शाहले बताए । विधि अनुरूप पूजा भदौ ११ गतेदेखि सुरु हुने भएको शाहले बताए।
जितपुर बजारमा १८ वर्षदेखि निरन्तर पूजा हुँदै आउँदा हिन्दु विधि अनुरुप हिन्दुले पूजापाठ गर्नुपर्छ आफ्नो ठाउँबाट सबैले सहयोग गर्न जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले अपिल गरे ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर स्थित गणेश पूजा समिति गठन भएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्ताको प्रमुख अतिथ्यमा समिति गठन भएको हो। गणेश पूजा समितिको अध्यक्षमा श्रीराम शाह लगायत १८ सदस्य कमिटी गठन भएको हो। गणेश पूजा समितिका अध्यक्षमा श्रीराम शाह कानु, उपाध्यक्षमा दीपक गुप्ता, जयसागर सहनी ,कोषाध्यक्ष मनोहर शाह सोनी ,सचिवमा अशोक दास, सहसचिवमा शनि गुप्ता ,सदस्य बिरेन्द्र यादव ,रोहित गुप्ता, राहुल शाह, शम्भु गुप्ता, विशाल गुप्ता, प्रमोद शाह कानु ,किशन सराफ, कुन्दन सराफ, रोहन शाह ,देउ सराफ, अद्वितीय सराफ, अरुण शाह सर्वासहमतिबाट चयन समिति गठन भएको छ ।