स्पर्श खबर जितपुर बारा २१ गते:
सझेदारी राष्ट्रिय दैनिकका सहकर्मी एवं जितपुर संवाददाता रञ्जन यादव सहकारी पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन्। जितपुरसिमरा स्थित हातुमलो बचत तथा ऋण सहकारी संस्था सिमराले यस वर्षको हाताेमालाे सहकारी पत्रकारिता पुरस्कार सञ्चारकर्मी रञ्जन यादवलाई प्रदान गरेको छ। एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय यादवलाई संस्थाले नगद रु १० हजार सहित सम्मानपत्र प्रदान गरी सम्मानित गरेको हो। सिमरामा मङ्गलबार आयोजित संस्थाको स्थापना दिवसकाे अवसरमा पत्रकार यादवलाई अध्यक्ष यज्ञबहादुर आलेले यादवलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । हातेमलो सहकारी पत्रकारिता पुरस्कार संस्थाद्वारा स्थापना गरिएको पुरस्कार हो। जसले सामाजिक उत्तरदायित्व बहन गर्दै निष्पक्ष पत्रकर्तामा योगदान दिने सञ्चारकर्मीले हरेक वर्ष सम्मान गर्दै आएको छ।


