स्पर्श खबर जितपुर बारा जेठ १८ गते:
आजबाट सार्वजनिक बसहरु नचल्ने – यातायात व्यवसायीले सोमबारदेखि नेपालभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । देशभरका सार्वजनिक यातायात व्यवसायीले ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा अनिश्चितकालीन सवारी बन्दको घोषणा गरेका हुन् । गण्डकी प्रदेश सरकारले निजी सवारीलाई भाडामा प्रयोग गर्न दिने व्यवस्था ल्याएपछि आन्दोलन सुरु भएको हो । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले सरकारलाई बन्दबाट हुने सम्पूर्ण असरको जिम्मेवार ठहराउँदै सार्वजनिक यातायात जोगाउन सबैलाई सहयोगको अपिल गरेको छ ।


