मन्दिर परिसर सफाइ गर्दै सिमरा जेसिजले दियो स्वच्छताको सन्देश

स्पर्श खबर जितपुर बारा बैशाख १५ गते:

मन्दिर परिसर सफाइ गर्दै सिमरा जेसिजले दियो स्वच्छताको सन्देश
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित मुसहरानी माई मन्दिर परिसरमा सिमरा जेसिजले २०८२ साल बैशाख १४ गते साँझ ५:३० बजे सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।सिमरा जेसिजका अध्यक्ष जेसि द्वारिका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजकको रूपमा JC राम पुकार चौधरीले संयोजन गरेका थिए। कार्यक्रममा सिमरा कलेजका प्रमुख तथा सिमरा जेसिजका सल्लाहकार शालिकराम अधिकारी, पूर्व अध्यक्ष लक्ष्मण अधिकारी र लक्की रिमालको विशेष उपस्थिति रहेको थियो।कार्यक्रमका क्रममा अध्यक्ष द्वारिका पौडेलले “धार्मिक तथा सार्वजनिक स्थलहरूको संरक्षण र सरसफाइका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै, यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।”
सफाइ अभियानमा सहभागीहरूले मन्दिर परिसर तथा वरपरको क्षेत्रमा फोहोर संकलन, झाडी हटाउने, तथा वातावरणीय सौन्दर्य अभिवृद्धिका कार्यहरू गरेका थिए।स्थानीय बासिन्दाहरूले पनि उत्साहपूर्वक सहभागिता जनाउँदै यस्ता सामाजिक क्रियाकलापहरूले स्वच्छ र स्वस्थ समाज निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।