सडकको बीचमै पोल: जितपुरदेखि पर्साकाे ठाेरी जाने   सडक निर्माणप्रति लापरबाही

oplus_0

सडकको बीचमै पोल: जितपुरदेखि पर्साकाे ठाेरी जाने   सडक निर्माणप्रति लापरबाही

स्पर्श खबर जितपुर बारा बैशाख १९ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरदेखि पर्साकाे ठाेरी  जितपुर  क्षेत्रमा निर्माण भएको नयाँ सडकको बीच भागमै विद्युतको पोल ठडिएपछि स्थानीयवासीहरू चिन्तित भएका छन्। सडक विस्तार तथा मर्मतका क्रममा पोल सार्ने कार्य नगरीकनै ढल्न  गरिएको देखिन्छ।

स्थानीयहरूका अनुसार, “यो बाटोमा दैनिक सयौ सवारीसाधनहरू आवतजावत गर्छन्। पोल बीचमै भएकाले दुर्घटनाको जोखिम निकै बढेको छ।” यतिसम्म कि मोटरसाइकल, अटो र साना गाडीहरूका लागि समेत यो पोल ठूलो अवरोध बनेको छ।

यो क्षेत्रको विकास निर्माणको जिम्मा लिने निकायको लापरवाहीले प्रश्न उठाएको छ। स्थानीय सरकार, विद्युत प्राधिकरण र सडक डिभिजन कार्यालयबीच समन्वय नहुनु मुख्य कारण भएको स्थानीयहरु बताउँछन्।

स्थानीय को माग भनेको पोल तत्काल हटाइयोस् र सार्वजनिक सुरक्षामा प्राथमिकता दिइयोस् भन्ने छ।